नियम २९
भैपरि आउने बिदा
(१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन भैपरि आउने बिदा लिन सक्नेछ । यस्तो बिदा साधारणतयाः एक पटकमा चार दिनसम्म लिन पाइनेछ ।
(२) भैपरि आउने बिदामा बस्ने प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) भैपरि आउने बिदा आधा दिन (दैनिक कार्यालय समयको आधा समय) पनि लिन सकिने छ ।
(४) एक वर्षको भैपरि आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन ।
(५) बिदा स्वीकृत गर्ने अधिकारीले प्रहरी कर्मचारीको मौखिक अनुरोधमा पनि भैपरि आउने बिदा स्वीकृत गर्न सक्नेछ ।